सुपर मादी हाइड्रोपावरले गर्यो शेयरधनीहरुलाई बितरण गर्ने लाभांशको घोषणा
काठमाडौं,९ असोज । सुपर मादी हाइड्रोपावरले गत आ.व.को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । साथै कम्पनीले माथिल्लो तमोर जलविद्युत् आयोजनामा लगानी गर्न हकप्रद शेयर पनि निष्कासन गर्ने भएको छ ।
गत असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसैगरी, सोही बैठकले लाभांशसहितका प्रस्तावहरु पारित गर्न आगामी कात्तिक ५ गते होटल इम्पेरियल बत्तिसपुतली, काठमाडौंमा १५ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभाले ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले यहि असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुकक्लोज गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्