गुराँस लघुवित्तले डाक्यो साधारण सभा
काठमाडौ,८ असोज । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
लघुवित्तले असाज २९ गते, मंगलबार, होटल कान्जिरोवा, धनकुटामा नवौँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ९ बजेदेखि शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
लघुवित्तले साधारण सभा प्रयोजनका लागि असोज १६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्