आशा लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडौं,६ असोज । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

लघुवित्तको सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्