किर्तिपुर उद्योग बाणिज्य  संघका अध्यक्ष एवं संचारकर्मी शाक्यलाई मातृ शोक

काठमाडौँ ५ असोज। संचारकर्मी एवं किर्तिपुर उद्योग बाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यलाई मातृ शोक परेको छ।

उहाँको आमा इश्वरमाया महर्जनको यही असोज १ गते साँझ ८३ वर्षको उमेरमा असामयिक निधन भएको हो ।विहान जन्मदिन मनाउनुभएकी महर्जनको सोही दिन हृदयघातको कारणबाट निधन भएको हो।

पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको एक छोरा र दुई छोरी छन्। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, विभिन्न शुभेच्छुक संघ संस्थाहरुले उहाँको निधनमा श्रद्धाञ्जलि साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छ्न्।

प्रतिक्रिया दिनुहोस्