संविधान दिवसका अवसरमा मदन -आश्रित बिद्यालयमा करिब पाँच सय जनाको परिक्षण

काठमाडौँ, ४ असोज । संविधान दिवसका अवसरमा मदन-आश्रित आदर्श माध्यमिक बिद्यालय र सभाचन फाउण्डेशनको संयुक्त आयोजनामा आज आयोजित आँखा शिविरमा करिब पाँच सय जनाले परिक्षण गरेका छ्न्।

बुढानिलकण्ठस्थित विद्यालय परिसरमा आयोजित उक्त शिविरमा नेपाल आँखा अस्पतालद्वारा निःशुल्क आँखाको परीक्षण,औषधि तथा चस्मा वितरण गरिएको हो।

काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख राजाराम श्रेष्ठले शिविरको उद्घाटन गर्दै मानव जीवनमा सुक्ष्म अंगका रुपमा रहेको आँखालाई स्वस्थ्य राख्न निकै संवेदनशिल हुनुपर्ने बताउनुभयो।

पछिल्लो समय धुवाँ धुलो प्रदुषणबाट आँखामा आउने विभिन्न समस्या पत्ता लगाउन समयमा उपचार गर्न जरूरी रहेको बताउँदै उहाँले अस्पताल पुगेर आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकसँग परीक्षण तथा परामर्श लिन सुझाव दिनुभयो।

सभाचन फाउण्डेशनका अध्यक्ष सावित्री क्षेत्रीले यस्ता शिविरबाट आँखाका रोगीलाई सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। अस्पतालले व्यवस्थित उपचार तथा गुणस्तरीय सेवा, आँखाको मोतीबिन्दुको शल्यक्रिया र दृष्टि जाँच र सामान्य आँखा रोगको उपचार, आधुनिक प्रणालीबाट आँखाको जलबिन्दु, अहिले रेटिना, श अकुलोप्लास्टिक सर्जरी, आँखा सम्बन्धी सबैजसो शल्यक्रिया सेवा सुरु गरेको जनाएको छ। अस्पतालले देशका विभिन्न जिल्लामा शिविर सन्चालन गदै आएको छ

प्रतिक्रिया दिनुहोस्