खसीबोका र च्याङ्ग्रा किलोमा १० रुपैयाँ छुटले बेच्ने सरकारको निर्णय

काठमाडौं, ३ असोज । दसैंमा सरकारले १० रुपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो खसी बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय गरेको हो ।

कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्