एनएमबि म्युचुअल फण्डका दुई योजनाले तोक्यो बुकक्लोज मिति 

काठमाडौं,३ असोज । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजना, एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

एनएमबि ५० ले इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

एनएमबिका यी दुई फण्डहरुले असोज ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन् । सूचना अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यी दुबै फण्डहरुको योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक एनएमबि बैंक लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्