प्रभु म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा

काठमाडौ,२ असोज । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा योजनाहरुले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट इकाईधनीहरु दिने लाभांश घोषणा गरेका छन ।

जसअनुसार प्रभु सेलेक्ट फण्डले करसहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डले करसहित ८.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रभु क्यापिटलको सञ्चालक समितिको गत भदौ ३१ गते बसेका बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यी दुबै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् । यो दुबै योजनाको कोष प्रबद्र्धकमा प्रभु बैंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्