साहस उर्जाको लाभांश पछि, १०० प्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाडौं,२ असोज । साहस उर्जा लिमिटेडले आफ्नो नाफाबाट सेयरधनीलाई बितरण गर्ने लाभांश घोषणा गरेको छ । यस कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२१ प्रतिशत नगद गरी जम्मा ८.४२१ प्रतिशत लाभांश बितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारण सभा पनि बोलाएको छ । सभा कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ । साथै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्ने छ ।

कम्पनीले प्रकाशित सूचना अनुसार सभा प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १२ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७७/७८ देखि २०८०–८१ सम्मको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । साथै, सभाले स्वतन्त्र सञ्चालक पनि नियुक्ति गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्