दिल्लीकी मुख्यमन्त्रीमा आतिशी मार्लेना

काठमाडौं,१ असोज । भारतको नयाँ दिल्लीको मुख्यमन्त्री आम आदमी पार्टीकी सांसद आतिशी मार्लेना हुने भएकी छन् ।

मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने दुई दिन अघिनै घोषणा गरिसकेका छन् ।

केजरीवालले पार्टी संसदीय दल बैठकमा नयाँ मुख्यमन्त्रीमा आतिशीको नाम प्रस्ताव गरेसंगै सांसदहरूले उक्त प्रस्ताव अनुमोदन गरेका थिए । आतिशी आम आदमी दल नेता बनेकी छन् ।

हाल आतिशी केजरीवाल नेतृत्वको सरकारमा अर्थ, शिक्षा, पर्यटन मन्त्री छिन् । आतिशीलाई मुख्यमन्त्री केजरीवालको विश्वास पात्रका रूपमा पनि लिइन्छ ।

अब मुख्यमन्त्री पदबाट केजरीवालले राजीनामा दिने र नयाँ मुख्यमन्त्री आतिशी हुने आम आदमी पार्टीले निर्णय गरेको भारतीय विभिन्न समाचार माध्यमहरु प्रसारित भएका छन् ।

दिल्लीको मदिरा नीतिमा घोटाला गरेको भन्दै इडि र सिबिआईको हिरासतमा रहेका केजरीवाललाई हालै सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

एजेन्सको सहयोगमा

प्रतिक्रिया दिनुहोस्