मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन

काठमाडौं,१ असोज । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ ।

केबलकार स्तरोन्नतिका लागि असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

अष्ट्रियाको डोप्पलमेयर कम्पनीले डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न गरेको उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्