डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं,१ असोज । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि मंगलवार सूचना प्रकाशित गरेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय सितापाइला, काठमाडौंमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा समयसिमा पश्चात अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्