प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं,१ असोज । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आ.व.को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नेे लाभांश  पारित गर्न साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सले असोज २३ गते, आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा ७ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने पारित गर्नेछ । यसका साथै सभाले हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्