आज देशैभर भगवान् विश्वकर्माको धूमधामले पूजा गरेर मनाइँदै
काठमाडौं , १ असोज । मेसेनरी पार्ट, हात हतियारलाई भगवान विश्वकर्माकौ रुपमा लिई आज विश्वकर्मा बाबा भगवानकाृ गरिन्छ । आज देशैभर भगवान् विश्वकर्माको धूमधामले पूजा गरेर मनाइँदै छ। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।
आज पूजा गरिएको मूर्तिलाई भोलि पल्ट नदीमा सेलाइन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । आज काठमाडौँको भद्रकाली लगायतका विश्वकर्मा भगवानको मन्दिरमा तथा शक्तिपीठमा सवारीसाधन पूजा गर्नेहरूको घुइँचो लागेको छ।















प्रतिक्रिया दिनुहोस्