काठमाडौंमा एशियाली किसान सम्मेलन शुरु

काठमाडौं, ३१ भदौ । एशियाली किसान संघको नयाँ नेतृत्व चयनका लागि एशियाली किसान सम्मेलन काठमाडौंमा शुरु भएको छ।

नेपाल, भारत, चीन, वंगलादेश, पाकिस्तान, जापान, ताजिकिस्तान, फिलपिन्स लगायत १८ मुलुकका करिब एकसय ५० प्रतिनिधि सम्मेलनमा सहभागी छन्।

लाजिम्पाटको शंकर होटलमा संचालित सम्मेलनमा जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा देखा परेको असर न्यूनीकरण गर्न विकास साझेदार साथै सरोकारवालासँग छलफल गरिने छ।

कृषि उत्पादनमा विषादी प्रयोगका समस्या, मल, विउका चुनौतीबारे सम्बन्धित मुलुकका प्रतिनिधिले अनुभव आदान प्रदान गरेका छ्न्।

भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सम्मेलनको शुभारम्भ गर्दै सफलताको शुभकामना व्यक्त गरे

राष्ट्रिय किसान आयोगका सदस्य पुष्पा भुसाल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकलगायतले कृषि क्षेत्रका चुनौती तथा सम्भावनावारे जानकारी दिए ।

कार्यक्रम व्यवस्थापक प्रेमप्रकाश नेपालीले आगामी असोज ६ गतेसम्म सम्मेलन चल्ने जानकारी दिए । राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीले स्वागत गर्दै कृषि क्षेत्रको विकासले समग्र मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

करिब दुई दशकअघि स्थापना गरिएको संघले विभिन्न प्रकारका किसान तथा भूमिहीन किसानको क्षमता विकास, वकालतमा सहयोग, क्षेत्रीय तहमा उनीहरूको आवाज उठाउनेलगायत कार्य गर्दै आएको छ।

सम्मेलनको मुख्य आयोजक राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, केन्द्रीय चिया सहकारी संघ लिमिटेड तथा व्यावस्थापन सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गरेको छ।

प्रतिक्रिया दिनुहोस्