कुमारी देवीको वसन्तपुरमा सामूहिक पूजा

 

काठमाडौं, ३१ भदौ । जीवित देवीका रुपमा परिचित कुमारीको सोमबार काठमाडौं वसन्तपुरमा सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।

वसन्तपुरको तलेजु भवानी मन्दिरमा कुमारी देवीको पूजा गरिएको हो । सामूहिक पूजामा सहभागी हुन कुमारीहरु परम्परागत पोशाकमा सजिएर आएका थिए ।

साना कुमारी देवीहरुलाई उनीहरुका अभिभावकले वसन्तपुरमा लिएर आएका थिए ।

नेवार समुदायमा प्रचलित बेल विवाह नभइसकेका बालिकालाई कुमारी देवीका रुपमा पुज्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्