राष्ट्रियसभाको बैठक आज पनि बस्दै !

काठमाडौँ  । राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ। बैठकमा यसअघि पेस भएको चारवटा अध्यादेश पारित गर्ने कार्यसूची रहेको छ। दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ

सरकारले संसद् अधिवेशन नभएका बेला जारी गरेका चार अध्यादेश दोस्रो अधिवेशनको पहिलो बैठकमा पेस गरेको थियो। जसमा चिकित्सा शिक्षा अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको खोजविन, सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद थपसम्बन्धी अध्यादेश र संघीय संसद्का महासचिव, सचिवको सेवा सुविधा सम्बन्धी अध्यादेश रहेका छन्।

यस्तै, आजको बैठकमा राष्ट्रियसभा नियमावली दफाबार छलफलका लागि पेस हुनेछ।

प्रतिक्रिया दिनुहोस्