एमाले र एकीकृत समाजवादीबाट विधायन समितिको सभापतिमा कडा प्रतिस्पर्धा
काठमाडौं, ३० भदौे । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ ।
रिक्त सभापति पदमा एमालेका तर्फबाट तुलसा कुमारी दाहाल र एकीकृत समाजवादीका तर्फबाट जयन्ती देवी राइको उम्मेदवारी परेको छ ।
दाहालको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढंगाना र एमालेकी भगवती न्यौपाने छिन् ।
राईको प्रस्तावकमा एकीकृत समाजवादीका बेदुराम भुसाल र समर्थकमा माओवादी केन्द्रका सुरेश कुमार आलेमगर रहेका छन् ।
राष्ट्रिय सभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा भने माओवादी केन्द्रका मायाप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ ।
उनको प्रस्तावकमा एकीकृत समाजवादीका मदन कुमारी शाह (गरिमा) र समर्थकमा माओवादी केन्द्रका नर बहादुर विष्ट रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्