मुख्यमन्त्री पदबाट अरविन्द केजरीवालले राजीनामा दिने घोषणा

काठमाडौं, ३० भदौे । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

जेलबाट रिहा भएको दुई दिनपछि आम आदमी पार्टी (आप)को कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । आफूले दुई दिनपछि मुख्यमन्त्रीको पदबाट राजीनामा दिने उनले बताए ।

‘म मुख्यमन्त्रीको कुर्सीबाट राजीनामा दिनेछु र जनताहरूले आफ्नो फैसला नसुनाएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन,’ आइतबार दिल्लीस्थित आम आदमी पार्टीको मुख्यालयमा उनले भने ।

‘म जनताको बिचमा जान्छु, हरेक गल्लीमा जान्छु, घर घरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्