दलहरूबीच संसदको अवरोध खुलाउन व्यापक छलफल जारी
काठमाडौं, ३० भदौे । प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा राजनीतिक दलहरूका बीचमा छलफल जारी छ ।
सभामुख देवराज घिमिरेको पहलमा राष्ट्रिय दलको बैठक जारी छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक।सचेतकहरू उपस्थित छन् ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । त्यसपछि सभामुखले अधययन गर्न संसद सचिवालयलाई भनेका थिए ।
सभामुखले भदौ २६ गतेको बैठकमा एमाले सांसद भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाएका थिए ।
उक्त निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले संसद अवरोध गरेको थियो । माओवादीले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्