१७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदन आज निर्णय हुने
काठमाडौं, ३० भदौ। प्रस्तावित राजदूतहरूको अनुमोदनबारेको निर्णय आज हुने भएको छ । १७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनबारेको निर्णय सबै प्रस्तावित राजदूतहरूको कार्ययोजना सुनिसकेपछि संसदीय सुनुवाइ समितिले सरकारबाट भएको सिफारिसअनुसार नाम अनुमोदन गर्ने–नगर्नेबारे आज निर्णय गर्न लागेको हो ।
सरकारले गत साउन १४ गते डा। शंकर शर्मा ९भारत०, प्राडा कृष्णप्रसाद ओली ९चीन०, लोकदर्शन रेग्मी ९संयुक्त राज्य अमेरिका०, चन्द्रकुमार घिमिरे ९संयुक्त अधिराज्य०, डा। शिवमाया तुम्बाहाङ्फे ९दक्षिण कोरिया०, प्रा। धनप्रसाद पण्डित ९इजरायल०, रामकृष्ण भट्टराई ९श्रीलंका० र रीता धिताललाई ९पाकिस्तान०का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
यसैगरी सरकारले नरेशविक्रम ढकाल ९साउदी अरेबिया०, प्राडा कपिलमान श्रेष्ठ ९दक्षिण अफ्रिका०, सनिल नेपाल ९स्पेन०, डा। शैल रुपाखेती ९जर्मनी०, जंगबहादुर चौहान ९रुसी महासंघ०, रमेशचन्द्र पौडेल ९कतार०, सुम्निमा तुलाधर ९डेनमार्क०, डा। नेत्रप्रसाद तिमिल्सिना ९मलेसिया० र प्रकाशमणि पोखरेल ९पोर्चुगल० लाई सिफारिस गरेको थियो ।
नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्