नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा (नामावलीसहित)

काठमाडौँ । नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले मंगलबार २२ एसपीको बढुवा सिफारिस गरेको हो।

बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ७९ दशमलव ३२ अंक प्राप्त गरेका राजेन्द्र ढकाल रहेका छन्। यस्तै सहकुल बहादुर थापा, अरुणकुमार बिसि, विभूतिराज पाण्डे, प्रकाश अधिकारी, पुजा सिंह लगायत रहेका छन्।

बढुवा समितिले सोमाबार मात्र १६ एसएसपीको  डिआइजीमा बढुवा  गरेको थियो।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् बढुवा सूची
प्रतिक्रिया दिनुहोस्