कामना सेवा विकास बैकले गर्यो लाभांश घोषणा

काठमाडौं,२८ भदौ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफावाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले चुक्तापूँजीबाट ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश करसहित १२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंले वितरण गर्ने लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा कम्पनीको आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

विकास बैंकको आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्