स्थानीय सरोकारका विषय, कार्यक्रम तथा आयोजनाबारे अनुभव आदान-प्रदान सम्पन्न

काठमाडौँ, २८ भदौ। काठमाडौँ जिल्लाका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयहरूबाट आव २०८०/०८१ मा संचालित कार्यक्रम तथा आयोजनाबारे सरोकारवाला पक्षसँग अनुभव आदान प्रदान गरिएको छ।

बबहरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा शुक्रबारसम्म चलेको कार्यक्रममा काठमाडौँ जिल्लाका महानगरपालिका तथा अन्य नगरपालिकाको एक वर्षभित्रका कार्ययोजना, बजेट विनियोजन, पूर्वाधार विकास, निर्माण, सामाजिक विकास, सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यक्रम, खर्चको अवस्था, बेरुजुको अवस्थाबारे बैठकमा समीक्षा गरिएको छ ।

काठमाडौँका दश‌ वटै नगरपालिकाको अवसर र चुनाैतीबारे अनुभव आदान प्रदान गरिने बैठकमा आगामी दिनमा स्थानीय अधिकार थप बलियो बनाउन एकापसमा सहकार्य समन्वय साथै पूँजीगत खर्च वृद्धि, बेरुजु न्यूनीकरणलगायत विषयमा छलफल गरिएको हो ।

काठमाडौँका जिल्ला समन्वय अधिकारी लक्ष्मण बिक्रम थापाले स्थानीय तहको पूर्वाधार विकास तथा निर्माण कार्यमा सम्बन्धित जिल्लाको भूमिका तथा जिम्मेवारी सशक्त बनाउन आवश्यक रहेको बताउँदै त्यसका लागि
समितिलाई थप अधिकार र सुविधा सम्पन्न बनाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो।

काठमाडौँ महानगरपालिका योजना अनुगमन तथा मूल्याङ्कन इकाई प्रमुख सुमित्रा लामिछानेले सो महानगरपालिकाले गत आवमा रू २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकोमा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार खर्च गरेको जानकारी दिनुभयो।
महानगरपालिकाले ५० प्रतिशत भन्दा बढी खर्च गरी कार्यसम्पादन सन्तोषजनक रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। अन्य नगरपालिकाको कार्यप्रगति प्रस्तुत गरेका छन्।

तीन तहका सरकारको विशेषता र अधिकारलाई जनहितमा प्रयोग गर्न सुझाव दिइएको छ।

प्रतिक्रिया दिनुहोस्