सूर्यज्योति लाइफ इन्सुरेन्सको ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं,२८ भदौ । सूर्यज्योति लाइफ इन्सुरेन्सले ८ लाख १ हजार ४७६ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले एनआइसी एसिया बैंकको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज भदौ २८ गतेबाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीको प्रकाशित सूचनामा भनिएको छ । यसमा न्यूनतम २०८ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्