हाथवे इन्भेष्टमेन्टले १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने
काठमाडौं,२८ भदौ । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आ.व. को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।
त्यस्तै, कम्पनीले बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६ प्रतिशतका दरले नगद लाभांश पनि वितरण गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
इन्भेष्टमेन्टको आगामी वार्षिक साधारण सभाले पारित परेपश्चात सो दरमा लाभांश वितरण गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्