ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा
काठमाडौं,२८ भदो । ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आ.व.को नाफाबाट आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।
क्यापिटलको सञ्चालक समितिको २८ गते बसेको बैठकले कर सहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
यस फण्डको कोष प्रबद्र्धक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्