सामान्य प्रशासन मन्त्रालयले १०३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठायो
काठमाडौं, २७ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धेरै पालिकाहरुमा प्रम्ख प्रशासकिय अधिकृतहरु अताउन नसक्दा निमित्तको भरमा रहेका छन् । यसलाई चिर्नका लागि मन्त्रालयले १०३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । हालै लोकसेवा आयोगबाट अधिकृत तह उत्तीर्ण गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिएका उनीहरूलाई गाउँपालिका पठाइएको हो ।
मन्त्रालयको प्रशासन महाशाखाले उनीहरूलाई काम गर्ने सरकारी निकाय रोजाएकोमा अधिकांशले स्थानीय तह रोजेको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए । यो वर्ष लोकसेवाबाट १०७ जना पास भएका थिए । उनीहरूमध्ये ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पोस्टिङ भएका छन् । धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोमा नयाँ अधिकृतहरू गाउँपालिकामा पोस्टिङ भएको पराजुलीले जानकारी दिए ।
केही गर्भवती महिला कर्मचारीलाई पायक पर्ने ठाउँमा, जिल्ला समन्वय समितिको कार्यालयमा पोस्टिङ गरिएको छ । यसले गर्दा अब पालकिाहरुमा विकास निर्माण र सेवा प्रवाहमा सहज हुनेछ ।
प्रतिक्रिया दिनुहोस्