अदुवापछि नेपाली चिया निर्यातमा भारतीय पक्षको अवरोध

काठमाडौं। नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध पुर्‍याएका छन् । विक्रीका लागि पानीट्यांकीसम्म पुर्‍याइएका तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै एक हप्ता अघिबाट रोकेर राखेको उद्योगीहरूले बताएका छन् ।

भारत र तेस्रो मुलुक पठाइने तयारी चिया भारतीय कस्टममै रोकेपछि चिया नष्ट हुने खतरा बढेको छ ।
केहि महिनाअघि अदुवामा विरोध अवरोध गरेको भारतले अहिले चिया निकासीमा अत्तो थाप्न सुरु गरेको छ ।

भारतीय भन्सारको झन्झटिलो प्रक्रियाका कारण एक सातादेखि चिया निकासी ठप्प छ ।

कबिर दुई बर्षअघि भारतका तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीको दार्जलिङ भमणका बेला दार्जलिङ टी एसोसियसनले नेपाली चिया निकासी रोक्न माग गर्दै ज्ञापनपत्र नै बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्