हिमालय ऊर्जाको करिब साढे १४ कित्ता शेयर लिलामीमा आउँदै

काठमाडौं,२६ भदौ । हिमालय ऊर्जा विकास कम्पनीको करिब साढे १४ लाख कित्ता शेयर लिलामीमा आउने भएको छ ।

कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले ९९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

कम्पनीका शेयरधनीहरुले भने तोकिएको अवधि भित्रमा ८४ लाख ५३ हजार ६४१ कित्ता शेयर खरिद गर्न आवेदन दिए । उक्त शेयरको बाँडफाँट भदौ २५ गते भइसकेको छ ।

कम्पनीका शेयरधनिले आवेदन नदिएका कारण बाँकी रहेको १४ लाख ४६ हजार ३५९ कित्ता शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्