इतिहासमा आज
वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा आतंकवादीले आक्रमण गरेका दिन
सन् २००१ को आजको दिन ९सेप्टेम्बर ११० मा आतंकवादी समूह अल-कायदासँग सम्बद्ध १९ लडाकूहरूले संयुक्त राज्य अमेरिकामा आक्रमण गरेका थिए । चारवटा विमानहरू अपहरण गरेर तीनवटा विमान न्युयोर्कस्थित ट्वीन टावर र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा खसेका थिए । त्यस्तै, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसलाई लक्षित गरिएको चौथो विमान पेन्सिलभेनियामा दुर्घटनाग्रस्त भयो र ती सबै घटनामा लगभग ३००० मानिसहरूको मृत्यु भयो । त्यसैगरि करिब ६००० जना भन्दा बढि घाईते भएका थिए ।
अमेरिकाले उक्त आक्रमण अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेन र उनको संगठनले गराएको बताउँदै आएको छ । यो अमेरिकाको लागि कालो दिन पनि हो ।
प्रतिक्रिया दिनुहोस्