कामना सेवाको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं,२५ भदौ । कामना सेवा विकास बैंकले १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यस सेयरमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुला गरिएको हो ।

प्रकाशित सूचना अनुसार सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्