एनएलजी इन्स्योरेन्सको जारी गर्ने हकप्रद शेयरमा संशोधन

काठमाडौं,२५ भदौ । एनएलजी इन्स्योरेन्सले हकप्रद शेयरको दर संशोधन गरेको छ । इन्स्यारेन्सले केहि घटाएर ६२.५६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले यस अघि ६६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको थियो । इन्स्योरेन्सले हकप्रद शेयर स्वीकृत हुनुभन्दा अगाडि नै ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हुँदा इन्स्योरेन्सले हकप्रद शेयरको दरमा सामान्य संशोधन गरेको हो । अब इन्स्योरेन्सले हाल कायम १० कित्ता बराबर नयाँ ६.२५६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्