गुराँस लघुवित्तले बोनस शेयर बितरण गर्ने
काठमाडौं,२५ भदौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने भएको छ ।
लघुवित्तले चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने १ करोड ४४ लाख ४९ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । त्यस्तै, लघुवित्तले सो बोनस शेयरको कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले नगद लाभांश पनि वितरण गर्नेछ ।
लघुवित्तको सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्