पाँचथरको फालेलुङ फिष्फोटनमा परेका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई जनही ५/५ लाख राहत दिन मन्त्रिपरिषदकोे निर्णय

काठमाडौं, २५ साउन । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका९५ डाँडागाउँमा युद्धकालष्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बेवारिसे बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ ।

डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । मृतकका परिवारलाई राहतको लागि जनही ५÷५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्