कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा

काठमाडौं,२४ भदौ । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।

प्रकाशित सूचना अनुसार बैंकका अनुसार संस्थापक सेयरधनीको २२ हजार ३२७ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

बैंकको संस्थापक सेयरमा ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले प्रकाशित सूचनामा जनाएको छ । यस बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्