खाजा समय आधा घण्टाभन्दा बढी नराख्न निर्देशन, सुशासनको शुरुवात

काठमाडौं,२४ भदौ । सरकारले सरकारी कार्यालयहरुमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरुलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याउन र सो कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनताको करबाट चल्ने सरकार र कर्मचारीले बढि भन्दा बढि र समयमै सेवा दिनु पर्ने सबै सरकारी कर्मचारी कर्तब्य हो । यसलाई सुशासनसंग पनि जोडेर हेरिएको छ ।

२०८० साल १२ पुसमा भएको मन्त्रिपरिषदको निर्णयअनुसार २९ माघ २०८० मा प्रकाशित राजपत्रले सबै सरकारी कार्यालयको खाजा सयम तोकेकाले त्यसअनुसार नै गर्न पत्रमा भनिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार तोकिएको खाजा समयबारे सूचना सूचनापाटीमा टाँस्ने र अन्य समयका सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्था गर्न सम्वधित कार्यालय प्रमुखले मिलाउनुपर्ने परिपत्रमा भनिएको छ ।

गत वर्षदेखि सरकारले १ः३० देखि २ः०० बजेसम्म खाजा समय उल्लेख गरेपनि आलोपालो मिलाउने कुरा उल्लेख गरेको छैन् ।

सेवाग्राहीलाई कार्यकक्षमा कुराइहने, तर कर्मचारी भने क्यान्टिनमा अलमलिएर बस्ने अवस्था छ । सरकारी कार्यालय, सरकारी अस्पतालसहितका स्वास्थ्य संस्था, सम्वैधानिक आयोग र सरकारी संस्थानमा समेत यस्तै छ । सरकारी कार्यालयले १ घण्टाको खाजा समय गर्दा सेवाग्राही मारमा छन् ।

प्रतिक्रिया दिनुहोस्