प्रभु महालक्ष्मीले असोज २३ मा बोलायो साधारणसभा
काठमाडौं,२४ भदौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारणसभा बोलाएको छ ।
सञ्चालक समितिको आइतबार बसेको बैठकले आगामी असोज २३ गते साधारणसभा बोलाएको हो । सभाले आ.व. २०७९/८०का लागि प्रस्तावित लाभांश र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यसका साथै सभाले नियामकले निर्धारण गरेको चुक्तापूँजी पुर्याउन बोनस शेयर जारीपछि कायम चुक्ता पूँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरि सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पनि पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्