सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन
काठमाडौं, २४ भदौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
वालुवाटार स्रोत अनुसार कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवद्वदय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।
सरकारको न्यूनतम साझा कार्यक्रमबारे अरु सत्तारुढ दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको छ ।
गत १७ असारमा भएको सहमति अनुसार ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपनि न्यूनतम साझा कार्यक्रम बनाइएको थिएन । काँग्रेस र एमालेको संयुक्त सरकारले कस्ता नीति तथा साझाा कार्यक्रम ल्याउला भन्ने चासोको रपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्