भगवति हाइड्रोपावरले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा

काठमाडौं,२३ भदौ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आ.व. २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ ।

कम्पनीको साधारण सभा असोज १६ गते, अर्पण ब्यान्क्वेट, थापागाँउ, नयाँ बानेश्वरमा बोलाएको हो । सभा बिहान ११ बजेबाट शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि असोज २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ शेयरधनी भई सम्नु पर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्