कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ वर्षपछि पहिलो दीक्षान्त समारोह आज हुँदै

काठमाडौ, २३ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह आज हुँदैछ ।

स्थापना भएको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले जानकारी दिए ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समारोहको उद्घाटन गर्ने छन् । प्रधानमन्त्री ओलीसँगै सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि जुम्ला जाने कार्यक्रम रहेको छ ।

उपकुलपति रावलका अनुसार प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन् ।

आइतबार नै प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन ९एकेडेमीक बिल्डिङ० र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको प्रतिष्ठानको आँखा केन्द्रको समेत प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्