आज निजामी सेवा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै, को को सम्मानित हुँदै छन् सूचिसहित ) ?

काठमाडौं, २२ भदौ । आज निजामी सेवा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । स्थायी सरकारको रुपमा परिचित मर्कमारी कार्यालयका खम्बा हो ।

सरकारले सधैंझै यो वर्ष पनि दिवसका अवसरमा कर्मचारीलाई सम्मान गर्दैछ । दिवसका अवसरमा १० जना उत्कृष्टसहित ३० जना कर्मचारी सम्मानित गर्दैछ ।

यो वर्ष पनि सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी भने छनोट गर्न सरकार असफल भएको छ । यसकारले सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी भेट्न सकेको छैन ।
हरेक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाइन्छ । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।

२०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालेदेखि नै निजामती सेवा पुरस्कारको वितरण थालिएको थियो । त्यतिबेलै २ लाख रुपैयाँ राशिसहित एक जनालाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ दिने व्यवस्था गरिएको थियो ।

हरेक वर्ष १० जनालाई १ लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार दिइन्छ ।

दिवसका अवसरमा आज सिंहदरबारमा मुल समारोह आयोजना हुँदैछ । सोही कार्यक्रममा पुरस्कार वितरण गरिनेछ । यसले निजामती कर्मचारीमा जिम्ेवार बनाउन सहयोग पुर्याउने छ । आज सम्मानित हुने कर्मचारी विवरण तपशिल छन:

प्रतिक्रिया दिनुहोस्