पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दीपकराज जोशी पुन नियुक्त

काठमाडौं, २१ भदौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी पुन नियुक्त भएका छन् ।

बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले आवेदन दिएका अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशीसँगै तत्कालिन प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह गरी ३ जनाको नाम सिफारिस गरेको थियो । जसमा ३ जनाको नाममाथि बोर्डको सञ्चालक समितिको बिहीबारको बैठकले जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेका अनुसार जोशीले यसअघि पनि प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका छन् । कर्यक्षमता र अुनभवको आधारमा जोशिलाई नियुक्त गरिएका उनले बताए ।

तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड प्रमुख कार्यकारी अधिकृतबिहीन भएको थियो । त्यसपछि बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न तत्कालीन पर्यटन सचिव दिपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले २०८० चैत २४ मा प्रमुख कार्यकारी अधिकृतका लागि दर्खास्त आव्हान गरेको थियो ।

बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष संलग्न भएको र स्नातकोत्तर उत्तिर्ण गरेको मापदण्ड राखिएको थियो । त्यस मापडण्डलाई अनुसारपनि जोशी योग्य ठहरीएका हुन् ।

प्रतिक्रिया दिनुहोस्