एनआईबिएल ग्रोथ फण्डको लाभांश घोषणा

काठमाडौं,२१ भदौ । एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापनमा एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

क्यापिटलको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस फण्डको कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्