इतिहासमा आज

अमेरिकाले जापानको हिरोशिमामा आणविक बम खसालेको दिन
काठमाडौं, २१ भदौ । जापानको हिरोशिमामा खसालिएको आणविक बम इतिहासको एक दःखद् घटना थियो । आजैको दिन सन् ६ अगस्ट, १९४५ का दिनमा, दोस्रो विश्वयुद्धको दौरान, संयुक्त राज्य अमेरिकाले जापानी सहर हिरोशिमामा ‘लिटिल ब्वाय’ नामक परमाणु बम खसालेको थियो । यो युद्धमा परमाणु हतियार संसारमै पहिलो पटक प्रयोग भएको थियो ।
विष्फोटले ठूलो विनाश निम्त्याएको र यसले शहरको धेरै भागलाई नष्ट ग‍र्याे, यसले धनजनको ठूलो क्षति पु‍र्यायो, यस युद्धमा करिव ६६ हजार जनाको मृत्यु र ६९ हजार जना गम्भिर घाईते भएका थिए । त्यस्तै, यसले विकिरण रोग र चोटपटकका कारण दीर्घकालीन पीडा छोड्यो । लिटिल ब्वाय नामक परमाणु बमको प्रभाव यति गहिरो थियो कि यसले जापानलाई आत्मसमर्पण गर्ने निर्णयमा पुर्‍याउन बाध्य बनायो, यस परमाणु हतियारको जापान माथी आक्रमणसंगै दोस्रो विश्वयुद्धको अन्त्य भयो ।
यसले अन्तर्राष्ट्रिय सम्बन्ध, युद्धमा नैतिकता, र आणविक हतियारहरूको भविष्यमा परेको व्यापक प्रभावहरूको लागि पनि हिरोशिमाको सम्झनाले शान्ति र विश्वमा आणविक निशस्त्रीकरणको लागि प्रयासको आवश्यकताको महशुस गरायो । यस घटनापछि विश्व शान्ति गर्न संयुक्त राष्ट्र संघको स्थापनको लागि मैदान तयार भयो । यो दिनलाई इतिहारमा कालो दिनको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्