महिलाहरुको विशेष पर्व हरितालिका तिज आज भव्यरुपमा मनाइदै

काठमाडौँ, २१ भदौ । नेपाली महिलाहरुको विशेष पर्व हरितालिका तिज पर्व आज भव्यरुपमा मनाइदै छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरू देवादि देव श्री महादेवको पूजा आराधना गरी मनाइरहेका छन् । आज अधिराज्यभरको शिवालयहरुमा वबैतालु महिलाहरुको पूजा आज गर्न भिड लागेको हुन्छ । यस्तै तिजको दिन बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुहरू पानीको समेत पर्बाह नगरीकन नाच गान गर्दै रमाइलो गरिरहेका छन् । व्रतालुहरू तिज गितका विभिन्न भाका गाउँदै पशुपतिनाथ परिसरमा झुमि रमाइरहेका छन् ।

पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । मन्दिर दर्शनको लागि लामो लामो लाइन लागेको भएपनि बिहानैदेखि चारै ढोका खुलेकोले लाइन चाँडो चाँडो सरेको पशुपति विकास कोषले जानकारी दिएको छ । सुरक्षाको पनि व्यवस्था मिलाएको छ । पानी, स्वाश्यशिविर एम्बुलेन्स लगायतको सेवाका पनि व्यवस्था गरिएको छ । यसलेगर्दा कसैलाई किरामी परे। तिर्खा लागे अथवा कुनै समस्यामा परेमा स्वयम् सेवकहरुले उद्धनर गर्ने छ । त्यसलै सबैलाई सचेत भइ पूजाआज गर्न कोषले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्