ङादी ग्रुप पावरले बोलायो एजीएम

काठमाडौं,२० भदौ । ङादी ग्रुप पावरले असोज १३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधार सभा, लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

सभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुँदैछ । कम्पनीले यसअघि नै १०० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाइसकेको छ ।

त्यस्तै, अन्य कम्पनीसँग गाभ्ने, गाभिने अथवा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेे एजेन्डा पनि छ ।

कम्पनीले वार्षिक साधारण प्रयोजनार्थ आगामी भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ । भदौ ३० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्