आरबिबि म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा
काडमाडौं,२० भदौ । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युचुअल फण्ड २ ले इकाईधनीहरुका लागि वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।
आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित ३.८१ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ इकाईधनीहरुलाई करसहित ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरण प्रयोजनको लागि यी दुई फण्डहरुले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन् । यस अनुसार भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्