नेवार समुदायको गुँला पर्व आज विधिवत् रूपमा समापन हुँदै
काठमाडौं, १९ चदौ । नेवार समुदायको विभिन्न पर्व मध्ये गुँला पर्व एक महत्पूर्ण चाड पर्व हो । यो नेवार समुदायले एक महिनासम्म मनाईने लामो चाड पर्व पनि हो । यो वेवार समुदायको गुँला पर्व धर्म, कर्म एवं राम्रो काम गरेर मनाएको गुँला पर्व आज विधिवत् रूपमा समापन हुँदै छ । यो पर्व चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ ।
राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने गरिन्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।
गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध, बुद्धका अन्य सामग्री प्रदर्शन गरिन्छ । यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ ।
गुँला पर्वको अन्तिम दिन आज विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ । आजदेखि नै नेवार समुदायले इयँला महिना पनि विशेष रूपमा मनाउँछन् ।
प्रतिक्रिया दिनुहोस्