अमेरिकाको मिसिगनमा जय नेपाल अन्तरराष्ट्रिय  फाउण्डेशनको नयाँ च्याप्टर गठन

काठमाडौं, १९ भदौ । अमेरिका – जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेशनले संगठन विस्तारलाई तीव्र बनाएको छ । अमेरिकामा बस्ने नेपालीहरुलाई एकत्रित गर्दै फाउण्डेशनले अमेरिकाको मिसिगन राज्यमा पनि शाखा विस्तार गरेको छ ।

मोहन पौडेलकोृ अध्यक्षतामा गठित समितिको प्रथम उपाध्यक्षमा तिलकराम बस्याल , द्वितीय उपाध्यक्ष मोहन बहादुर क्षेत्री, महासचिव कृष्ण सिंह , सचिव वीरेन्द्र मैनाली र कोषाध्यक्षमा गणेश न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अर्जुन मगर , संगिता मगर , पुजा दुलाल तथा  कल्पना पौडेल चयन भएको केन्द्रीय प्रवक्ता  लाल प्रसाद काफ्लेले बताए ।  त्यस्तै समितिको सल्लाहकारमा विपिन श्रेष्ठ, घनश्याम पाण्डे, नारायण भट्ट र  रामप्रसाद बस्याल मनोनयन गरिएका छन् ।

लोकतान्त्रिक संस्कार,संस्कृति तथा प्रजातान्त्रिक आचरण र व्यवहारका बारेमा अध्ययन अनुसन्धान गर्न फाउण्डेसन गठन गरिएको हो । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मुल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशिल र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्नसक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम संचालन गर्ने उद्देश्यले फाउण्डेशनको स्थापना गरिएको  केन्द्रीय अध्यक्ष डा.यादव पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्